Dristi Khabar
ट्रेन्डिङ
Dristi Khabar Dristi Khabar
बिहिबार २१, साउन २०७८ ०६:०३
टनकपुरमा पुरुशकाे शव भेटियाे

बिहीबार बिहान महाकाली नदी स्थित टनकपुरमामा एक पुरुषको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता सिद्धराज न्यौपानेले भारतीय भूमिमै शव भेटिएको बताए ।

 

शवको पहिचान नभएको उनले बताए । गत साता दार्चुलामा तुईन तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुईन काटिदिएपछि बेपत्ता भएका नेपाली नागरिक जयसिह धामीको शव हुनसक्ने आशका गरिएको छ ।

 

यद्यपी शवको अहिलेसम्म पहिचान भएको छैन । ‘त्यतातिर प्रहरी टोली पठाएका छौँ, ‘प्रहरी प्रवक्ता न्यौपानेले भने, ‘शवको पहिचान भएको छैन, कसको हो भन्ने बारेमा अझै एकिन भएको छैन ।’


#शव #कञ्चनपुर #टनकपुर

प्रतिक्रिया