Dristi Khabar
ट्रेन्डिङ
Dristi Khabar Dristi Khabar
मङ्गलबार ०८, भदौ २०७८ ०३:३५
नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान ओमान जाँदै

त्रिदेशीय एक दिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान जाँदैछ ।

ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको १७ सदस्यीय नेपाली टोली आज बिहान ८ बजे ओमान प्रस्थान गर्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ ।

विश्व क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिदेशीय श्रृङ्खला भदौ २८ देखि असोज ४ गतेसम्म हुनेछ । त्यसअघि नेपालले पपुवा न्युगिनीसँग भदौ २० र २३ गते दुई वटा एक दिवसीय खेल्नेछ ।

यसअघि नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ ।


#ओमान #नेपाल क्रिकेट सङ्घ

प्रतिक्रिया